खजुराका महिलाले उत्पादन गरेको सपिङ्ग ब्याग बजारमा, ५० जना महिला जोडिए


नेपालगन्ज ११ मंसिर :  मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तरगत खजुरा गाउँ पालिकाकाद्धारा संचालित झोला उत्पादन कार्यक्रममा ५० जना महिलाले रोजगारी पाएका छन् ।

महिलाहरुले उत्पादन गरेको सपिङ्ग व्याग विक्री वितरणका लागि बजारमा समेत पठाइसकिएको छ ।

प्लाष्टिकमुक्त खजुरा बनाउने उदेश्यले महिलाहरुले किफायत र सस्तो मूल्यमा झोला उत्पादन गरेका हुन ।


बजारमा महिलाले उत्पादन गरेको झोलाप्रति उपभोक्ता आर्कषित भएको पाइएको ग्रामिण विकास कार्यक्रमका अधिकृत केशव चालिसेले बताए ।

 

प्रकाशित मितिः     7:15:37 AM  |