काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। महासंघको शनिबार भएको ५४औं वार्षिक साधारणसभाबाट उनी निर्वाचित भएका हुन्। ढकालका प्रतिस्पर्धी किशोरकुमार प्रधान थिए।
ढकालले एशोसिएटमा कुल सदर मत ८ सय ९७ मध्ये ५ सय २२ अर्थात् ५८. १९ प्रतिशत मत पाए। उनका प्रतिस्पर्धी वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले ३ सय ७४ मत पाए ।
वस्तुगतमा ढकालले ५६ मत पाएका थिए भने प्रधानले ३९ मत पाए । वस्तुगतमा ढकालले पाएको मत कुल सदर मतको ६०.२० प्रतिशत हो । जिल्ला-नगरतर्फ खसेको कुल १०५ भोटमा ढकालले ५२ र प्रधानले ५३ मत पाए । ढकालले जिल्लामा ४९.५२ प्रतिशत मत पाएका हुन्।
ढकाल निर्वाचित भएपछि आइतबारदेखि अध्यक्ष बनेका शेखर गोल्छाले बधाई दिएका छन्।
ढकाल देशकै पहिलो रेमिटेन्स कम्पनी आइएमईमार्फत व्यवसायिक साम्राज्य तयार पारेका थिए। आइएमई ग्रुपका अध्यक्ष रहेका ढकालले ग्लोबल आइएमई बैंक, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ हाथवे इन्भेस्टमेन्ट, आइएमई कोअपरेटिभ, चन्द्रागिरि हिल्स, आइएमई अटोमोटिभ्स, हिमालय पावर पार्टनर्स, माउन्टेन इनर्जी, शंकर अक्सिजन लगायतका डेढ दर्जनभन्दा बढी व्यवसायिक संस्थाको नेतृत्व गरिरहेका छन्।
सरकारले दिने महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी) समेत उनले पाएका छन्।
यस्तो आयो टिम
- अध्यक्ष : शेखर गोल्छा (विधानअनुसार)
- वरिष्ठ उपाध्यक्ष : चन्द्र ढकाल
- जिल्लानगर उपाध्यक्ष : दिनेश श्रेष्ठ
- एसोसियट उपाध्यक्ष : रामचन्द्र संघाइ
जिल्लानगर सदस्यहरू
- राजन श्रेष्ठ
- तारानाथ अधिकारी
- कमलकुमार श्रेष्ठ
- चक्रबहादुर अधिकारी
- अरुणराज सुमार्गी
- देवकुमार श्रेष्ठ
- रामेश्वर मानन्धर
- शोभाकान्त पाैडेल
- सुरकृष्ण वैद्य
- गजेन्द्र भगत
- कुबिरकुमार श्रेष्ठ
- कमानबहादुर खड्का
- डिबी बस्नेत
- गोपाल केडिया
- महेन्द्र कुमार श्रेष्ठ
- कमलकुमार श्रेष्ठ
- किशोरकुमार आचार्य
- उमेश डालमिया
एसोसियट सदस्यहरू
- अम्बिका पाैडेल
- अविनाश बोहाेरा
- आनन्द कुमार बोहारा
- गोपाल खनाल
- ज्योत्सना श्रेष्ठ
- देशबन्धु बस्नेत
- प्रवलजंग पाण्डे
- भरत आचार्य
- रञ्जित आचार्य
- राजेश अग्रवाल
- विजयसिंह वैद्य
- शक्ति वेथानी
- शाहिल अग्रवाल
- शैलेन्द्र गुरागाई
- सुशील थापा
- सञ्जय गिरी
- हेमन्त गोल्छा
वस्तुगत सदस्यहरू
- नरेश लाल श्रेष्ठ ७२
- सुमित कुमार केडिया ६६
- आकाश अधिकारी ४९
- प्रकाश सिंह कार्की ५७
- भक्तबहादुर हमाल ६२
- सुबोध कुमार गुप्ता ५५
- हेमराज ढकाल ५५
- अरनिको राजभण्डारी ६४
- गोबिन्द ढुंगेल ५०
- मनिष लाल प्रधान ६०
- मीनमान श्रेष्ठ ६७
- विष्णु प्रसाद गैरे ५१
- सन्दिप कुमार अग्रवाल ५१
- सुकुन्तलाल हिराचन ५५