नेपालगन्ज १४ मंसिर : वनमा खेर जाने थाकलबाट बाँकेको राप्तीसोनारीका महिलाहरुले आम्दानी गर्ने गरी कार्ययोजना अघि बढाएका छन् ।
उनीहरुले थाकलबाट झोला र टोपी बनाउने उदेश्य सहित प्रशिक्षण लिइरहेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय, बांकेबाट राप्तीसोनारी गाउं पालिका वडा नं. ६ मा उक्त तालिम संचालित छ । कार्यालय प्रमुख जयराम थारुले वनमा त्यसै खेर जाने गरेको थाकल अब आम्दानीका रुपमा उपयोग हुने बताए ।
प्रशिक्षण सकिए लगत्तै दश जना महिलाले थाकलबाट बनेका झोला र टोपी उत्पादन गरी बजारमा विक्री गर्ने उदेश्य राखेको जानकारी दिए । उत्पादन पछि विक्रीको कुनै समस्या नहुँने र विक्रेता सम्पर्कमा रहेका छन् ।
थाकल प्राकृतिक रेशाजन्य बनस्पतिका रुपमा रहेको छ । यसको फल खाइन्छ भने बोट त्यसै खेर जाने गरेको छ ।