नेपालगन्ज १५ मंसिर : सूदूरपश्चिमको राजधानी धनगढीमा ‘भाटभटेनी सुपरमार्केट’ को निर्माण कार्य शुरु भएको छ ।
धनगढी उपमहानगरपालिका वडा ३ मा भाटभटेनीका अध्यक्ष मिन बहादुर गुरुङ्ग, निर्देशक सावित्री गुरुङले भूमिपुजन गरेका छन् ।
एकवर्ष भित्र काम सक्ने गरी निर्माणको योजना बनाइएको छ ।
धनगढीमा भाटभटेनी शुभारम्भ हुन एक वर्ष पर्खिनुपर्ने छ । भाटभटेनीले धनगढी पछि सुर्खेतलाई प्राथमिकता राखेको छ ।
यसअघि भाटभटेनीले नेपालगन्जमा गत फागुनदेखि शाखा सन्चालनमा ल्याएको छ ।
नेपालगन्जमा करिब एक लाख ४६ हजार वर्ग्फिट क्षेत्रफलमा फैलिएको भाटभेटनीमा भौतिक सम्पत्ति सहित करिब १५० करोड लगानी रहेको व्यवस्थापनले जनाएको छ ।