अब धनगढीमा पनि ‘भाटभटेनी सुपरमार्केट’, निर्माण कार्यका लागि भुमिपुजन गरियो


नेपालगन्ज १५ मंसिर :  सूदूरपश्चिमको राजधानी धनगढीमा ‘भाटभटेनी सुपरमार्केट’ को निर्माण कार्य शुरु भएको छ ।

धनगढी उपमहानगरपालिका वडा ३ मा भाटभटेनीका अध्यक्ष मिन बहादुर गुरुङ्ग, निर्देशक सावित्री गुरुङले भूमिपुजन गरेका छन् ।

एकवर्ष भित्र काम सक्ने गरी निर्माणको योजना बनाइएको छ ।

धनगढीमा भाटभटेनी शुभारम्भ हुन एक वर्ष पर्खिनुपर्ने छ । भाटभटेनीले धनगढी पछि सुर्खेतलाई प्राथमिकता राखेको छ ।

यसअघि भाटभटेनीले नेपालगन्जमा गत फागुनदेखि शाखा सन्चालनमा ल्याएको छ ।

नेपालगन्जमा करिब एक लाख ४६ हजार वर्ग्फिट क्षेत्रफलमा फैलिएको  भाटभेटनीमा भौतिक सम्पत्ति सहित करिब १५० करोड लगानी रहेको व्यवस्थापनले जनाएको छ ।

 

प्रकाशित मितिः     १५ मंसिर २०७७, सोमबार १३:०३  |