कमल गार्मेन्टमा आगलागी हुँदा दुई करोड क्षति, वर्षौदेखिको दुःख सेकेन्डमै खरानी भयो : धामी


नेपालगन्जको धम्बोझीमा रहेको कमल गार्मेन्ट प्रालि मंगलबार साँझ आगलागी भएको छ ।

आगलागीले २ करोडको हाराहारीमा नोक्सान भएको सञ्चालक टंक धामीले जानकारी दिएका छन् । ‘उद्योगको मेसिन, तयारी र काँचो कपडा सबै जलेर ध्वस्त भयो’, उनले भने ।


बाँके प्रहरीले दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जानकारी दिएको छ । आफ्नो वर्षौदेखिको दुःख पसिना खेर गएको उनले बताए ।

प्रकाशित मितिः     १७ मंसिर २०७७, बुधबार १७:१४  |
error: Content is protected !!