बैश्यले भने-कोहलपुरले केन्द्रीय सदस्य पाउनु पनि बाँकेकै प्रतिनिधित्व हो, म खुसी छु


नेपालगन्ज :  पश्चिमकै केन्द्रका रुपमा स्थापित नेपालगन्ज उद्योग वाणिज्य संघले उठाउने हरेक उम्मेदवारले नेपाल उद्योग वाणिज्य महासंघकोे केन्द्रमा बिजयी प्राप्त गर्दै आएकोे इतिहास छ ।

तर यसपटक त्यो इतिहास तोडियो । केन्द्रीय सदस्यमा उठाइएका नन्दलाल बैश्य र रचना श्रेष्ठ दुबै जना पराजित भए । बरु कोहलपुरले पहिलो पटक केन्द्रीय सदस्यका रुपमा चक्रबहादुर अधिकारीलाई पाएको छ ।

नेपालगन्जले केन्द्रीय सदस्य नपाएकोमा खिन्नता प्रकटा भइरहँदा संघका पूर्व अध्यक्ष समेत रहेका बैश्यले भने त्यस अन्यथा लिएका छैनन् ।


उनले केन्द्रीय सदस्य कोहलपुरले पाउनु पनि नेपालगन्जले पाए सरह रहेको भन्दै खुसी प्रकट गरेका छन् । भिडियो सन्देश जारी गर्दै उनले आफुलाई मतदान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मितिः     १७ मंसिर २०७७, बुधबार ०८:०४  |
error: Content is protected !!