नेपालगन्ज २८ मंसिर : कोभिडका कारण सात महिनादेखि थला परेका नेपालगन्जका पार्टी प्यालेस र ब्यांकटलाई मंसिरमा विवाहका लगनले चमक ल्याएको छ ।
यतिबेला यहाँका धेरै जसो पार्टी प्यालेस र ब्यांकटलाई विवाहका कार्यक्रम गर्न भ्याई नभ्याई रहेको छ ।
मंसिर महिनालाई ब्यांकेट र पार्टी प्यालेसले सिजनका रुपमा लिने गर्छन ।
तर कोरोना कहरका कारण यसपाली सिजन प्रभावित हुने भन्दै व्यवसायी निरास थिए ।

तर सरकारले समेत सामाजिक दुरी पालना गरेर होटलहरु सन्चालन गर्न अनुमति दिएपछि व्यवसायीलाई राहत भएको हो ।
पार्टी प्यालेस व्यवसायीले थला परेका व्यवसाय उकास्ने आशा पलाएको बताएका छन् ।
तर पछिल्लो सात महिनाको घाटा पुर्ती गर्न निकै कठिन भएको प्रतिक्रिया दिएका छन् ।