भन्सार र राजश्वका प्रमुखलाई संघद्धारा स्वागत


नेपालगन्ज :  नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज भन्सार कार्यालय प्रमुख जय बहादुर भण्डारी र आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत शरद चन्द्र पौडेलसंग आईतवार परिचायत्मक भेटघाट एवं स्वागत कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा भन्सार एवं करका समस्या समाधानका समसामयिक विषयमा छलफल भएको थियो ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा भएको कार्यक्रममा व्यवसायीका नेताहरुले कर एवं भन्सारसंग सम्बन्धित कामकाजलाई सरल र सहज बनाउन आग्रह गरेका छन् ।

उनीहरुले कर एवं भन्सारसंग सम्बन्धित हरेक समस्या समाधान गर्न निजीक्षेत्रले सरकारलाई सहयोग गर्ने समेत बताए ।

कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः     २८ मंसिर २०७७, आईतवार १७:५३  |