नेपालगन्ज २८ मंसिर : “सामाजिक, न्याय, आत्म सम्मान ,सशक्तिकरण र रुपान्तरणका लागि सामुदाहिक अभियान” भन्ने मूलनाराका साथ सामुदायिक सशक्तिकर तथा रुपान्तरण (कमिट) नेपालको आयोजनामा आ.व २०७६/०७७ सामाजिक लेखा जोखा तथा सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कमिट नेपालका अध्यक्ष प्रकाश नेपालीको अध्यक्षता तथा नेपालगन्ज उपमहानगरपालिका उप—प्रमुख उमा थापाको प्रमुख आतिथ्यतामा नेपालगन्जमा एक कार्यक्रमका विच सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा बादी समुदायका अगुवा २५ र अन्य सरोकार राख्ने १० गरि जम्मा ३५ जनाको उपस्थिति रहेको थियो । संस्थाको लागि उक्त कार्यक्रमको प्रमुख उद्धेश्य पारदर्शिता र जवाफ देहियता रहेको थियो ।
दलित महिला संघका अध्यक्ष निर्मला सुनार , समर्पण नेपालका अध्यक्ष मोहन वाल सोनखर, गैर सरकारी संस्थाका महासचिव आशिष वर्मा, नेपाल पत्रकार महासंघका बाँकेका उपाध्यक्ष रुपा गहतराज तथा डि. वाई. सि.एन.का सदस्य रितिक शाही लगाएतले मन्तव्य राख्नु भएको थियो भन्ने कार्यक्रमको बारेमा प्रस्तुतीकरण कमिट नेपालका कार्यकारणी निर्देशक केशव नेपालीले गर्नुभएको थियो भन्ने कमिट नेपालका महासचिव जगदीश नेपालीलेद्धारा उक्त कार्यक्रम संचालक गरिएको थियो ।