नेपालगन्जमा काँग्रेसको प्रदर्शन


नेपालगन्ज । नेपाली काँग्रेस बाँकेले सरकारको विरोधमा सोमबार नेपालगञ्जमा प्रदर्शन गरेको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यक्रमअनुसार दिउसो पार्टी कार्यालयबाट विरोध प्रदर्शन सुरु भएको हो । नगरका विभिन्न भागको परिक्रमापछि जिल्ला प्रशासन कार्यालय पुगेर समापन हुनेछ ।


गाउँगाउँबाट सहभागी नेता कार्यकर्ताको सहभागिता रहेको प्रदर्शनको अगुवाई जिल्ला सभापति किरण कोइरालाले गर्नुभएको छ । जुलुसका सहभागीले बर्तमान सरकारको विरुद्ध चर्को नाराबाजी गरेका छन् ।

प्रकाशित मितिः     २९ मंसिर २०७७, सोमबार १३:५०  |
error: Content is protected !!