नेपालगन्ज २९ मंसिर : सुकुम्वासी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवी ज्ञवालीले असार मसान्त भित्र भुमिहीन तथा सुकुम्वासीले जग्गाधनी प्रमाण पुर्जा पाउने बताएका छन् ।
सोमवार कोहलपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले भुमिहीन तथा सुकुम्वासी लागत लिने र प्रमाणीकरण गर्ने काम सुरु भई सकेको जानकारी दिदै सोही लागतका आधारमा असार मसान्त भित्र जग्गाधनी प्रमाण पुर्जा बितरण गरिने बताए ।
उनले लागत संकलन र प्रमाणीकरणका लागि देश भरका स्थानिय लाई काम गर्न निर्देशन दिई सकेको जानकारी दिए ।
कोहलपुरका नगर प्रमुख लुट बहादुर रावत उपश्थित रहेको कार्यक्रममा प्रमुख रावत लाई निर्देशन दिदै अबिलम्व भुमि सम्वन्धी कामगर्न अलग्गै कार्यलय र कर्मचारी व्यवास्थापन गर्न आग्रह गरे ।
१५ दिन भित्र अघिल्लो आयोगले पुर्जा बितरण गरेर बिवादीत रहेका , वन क्षेत्र र बफर जोन क्षेत्रमा बसोवास गर्नेको लागत पठाउन पनि उनले आग्रह गरे । भुमीहीन दलीत र भुमिहीन सुकुम्वासी लाई जग्गा बितरण गर्ने काम प्राथमिकतामा रहेको बताउदै अध्यक्ष ज्ञवालीले निरन्तर १० बर्ष देखी जोतभोग गर्दै आएको पुरानो बन क्षेत्र भएपनि जोतभोग गर्ने लाई जग्गाधनी प्रमाण पुर्जा दिईने प्रष्ट पारे ।
बिगतका आयोग कमजोर कानुनी धरातल र अस्थीर सरकार भएकै कारण काम गर्न नसकेको बताउदै अध्यक्ष ज्ञवालीले भुमी ऐनको आठौ संसोधन मार्फत आयोग लाई कानुनी रुपमा पुर्ण बनाईएको धारणा राखे ।
उनले नेपालको संबिधान नै भुमीहीन लाई वासोवासको व्यवस्था गर्ने भन्ने उल्लेख रेहकाले सरकारी , एलानी र पर्ती जग्गामा उनिहरु लाई बसोवासको व्यवस्था मिलाईने धारणा राखे । आयोग लाई स्थानिय स्तरमा कामको सहजीकरण गर्न राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनीधी , भुमीहिनका क्षेत्रमा काग गर्ने संघ सस्थाका प्रतिनीधी सम्मीलीत सहयोग समती गठन गरिने उनको भनाई छ ।