बन्यजन्तुबाट पीडितलाई राहत


नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्जको देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले बन्यजन्तुबाट पीडित भएका ८ घरधुरीले क्षतीपूर्ती राहत प्राप्त गरेका छन् ।

एक कार्यक्रमका बिच बैजनाथ गाउँपालिका वडा नं. ४ बानियाभार क्षेत्रका पीडितहरुले राहत प्राप्त गरेका हुन् । बाँके राष्ट्रिय निकुञ्जबाट बन्यजन्तुबाट हुने क्षतीको राहत सहयोग निर्देशिका, २०६९ (तेस्रो संशोधन, २०७५) बमोजिम ५६ हजार रुपैया राहत पाएका हुन् ।


दुर्गा देवी शाह , जंग बहादुर वली,महेन्द्र कुमार वली, केशव कुमार शाह, तिलक राम चौधरी, प्रेम बहादुर थारु, पूर्ण बहादुर देवकोटा र सरिता बुढाथोकीले राहत प्राप्त गरेका हुन् ।

अधिकांश कृषकको बाली बँदेलले क्षती गरेको पाइएको छ ।

प्रकाशित मितिः     २९ मंसिर २०७७, सोमबार २१:३४  |
error: Content is protected !!