आज बाँकेमा कृषिपथ एप सार्वजनिक गरिदै,यस्ता छन् विशेषता


नेपालगन्ज १ पुष :  बिभिन्न निकायको सहयोग र समन्वयमा घरेलु तथा साना उद्योग महासंघ बाँकेले मोबाइल एप्स कृषिपथ सन्चालन गर्दै छ । आज सोही एप्स सार्वजनिक हुँदै छ ।

उक्त एप्समा कृषकलाई जोड्न महासंघका पदाधिकारी कृषकको खेतवारीमा पुगेका थिए । महासंघ अध्यक्ष मधु खड्का, महासचिव जिआर भुषाल, महिला उद्यमी संघ अध्यक्ष सावित्रा चौधरी लगायत कृषकको बारीमै पुगेर अब बन्ने कृषिपथको फाईदाका विषयमा सम्झाइरहेका भेटिए ।


केयर नेपालको आर्थिक सहयोग तथा बिग्रुप बाँकेसंगको साझेदारीमा उक्त एप्स सन्चालन गर्न लागिएको अध्यक्ष मधु खड्काले जानकारी दिइन ।

प्रकाशित मितिः     १ पुष २०७७, बुधबार ०७:१९  |
error: Content is protected !!