पुरानै अवस्थामा फर्किए उद्योग, कच्चा पदार्थ महंगो भन्दै सामाग्रीमा मूल्य बढाए


नेपालगन्ज १ पुष :  लकडाउनका कारण बन्द रहेका उद्योगहरु पुरानै अवस्थामा फर्किएका छन् ।

तर कच्चा पदार्थ महंगो भएको कारण देखाउँदै उत्पादित सामाग्रीको मूल्य धमाधम बढाउन थालेका छन् । यसले उपभोक्तालाई मारमा पारेको छ ।

उदाहरणका लागि बाँकेका पाइप उद्योगीले गरेको एउटा निर्णयलाई लिन सकिन्छ ।

पाइप उद्योगीहरुको केही दिन अघि नेपालगन्जमा बसेको बैठकले कच्चा पदार्थ आयात महंगो भएको कारण देखाउँदै पाइपको मूल्य आफै तोके ।

प्रतिस्पर्धी बजारमा स्वतन्त्ररुपमा मूल्य कायम हुनुपर्ने भएपनि पाइप उद्योगीहरुले प्रति केजि १ सय ४० रुपैया पाइपको मूल्य तोकेर मूल्यमा एकरुपता कायम गरेका छन् ।


यसले उपभोक्तालाई प्रत्यक्ष मारमा पारेको छ ।

पाइप व्यवसायीहरुले निर्णय नमान्ने उद्योगलाई प्रति बिल एक हजारसम्म जरिवाना गर्ने निर्णय समेत गरेका छन् ।

उपभोक्ताहरुले यसलाई व्यवसायीहरुले सिन्डीकेट लादेको रुपमा हेरेका छन् भने उद्योगीहरुले उद्योग बाँच्नका लागि अनपाउनुपरेको बाध्यता भनेका छन् ।

पाइप उद्योग मात्र होइन अन्य कयौं क्षेत्रमा लकडाउन पछि उद्योगीहरुले यसरी निर्णय गरिररहेका छन् ।

प्रकाशित मितिः     १ पुष २०७७, बुधबार ०७:०२  |
error: Content is protected !!