नेपालगन्ज : बसको छतबाट खसेर करिव ५ वर्षदेखि कम्मरमुनीको भाग नचल्ने अवस्थामा रहेका एक जना यातायात मजदुरलाई नेपाल ट्ेड युनियन सुर्खेतले आर्थिक सहयोग गरेको छ ।
वीरेन्द्रनगर ६ शान्तिटोलमा बस्ने पूर्व सवारी चालक यामबहादुर नेपालीलाई नेपाल टेड युनियन कांग्रेस र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन ।
टेड युनियनका अध्यक्ष गणेशकुमार कार्की, यातायात मजदुर संघका केन्द्रिय सदस्य गणेश थापा, इकाइका सचिव नेत्र गौतमले नेपालीको घरमै पुगेर नगद हस्तान्तरण गरेका हुन ।
अध्यक्ष कार्कीले उमेर हद या अपांगताका कारण रोजगारी गुमाएर आर्थिक लगायतका समस्यामा परेका श्रमिक मजदुरहरुका आर्थिक र सामाजिक सुरक्षाका लागि टेड युनियनको लडाई निरन्तर जारी रहने बताए ।
आप्mनो जीवनको उर्जाशील समय आमनागरिक र रोजगारदाताको सेवामा बिताएको मजदुरको जिम्मेवारी अभिभावकका रुपमा लिनुपर्ने पहिलो दायित्व राज्यको भएपनि राज्य उदासिन रहेको गुनासो गरे ।
मिक मजदुरहरुलाई पर्ने कुनैपनि किसिमका समस्या र संकटमा टेड युनियनपनि सदैव परिवारका रुपमा साथमै रहने उनको भनाई थियो ।
यस्तै, मजदुर संघका केन्द्रिय सदस्य थापाले श्रमिकलाई राजनीतिक आस्थाका आधार राज्यले विभेद गर्न नहुनेमा जोड दिंदै नेपालीलाई आवश्यक्ता परेको खण्डमा आगामी दिनमा निरन्तर साथ सहयोग रहने प्रतिवद्धता जनाए ।
यातायात मजदुर संघ इकाइका सचिव नेत्र गौतमले यातायात मजदुर संघमा आवद्ध सदस्यहरुबाट रकम संकलन गरी विगतमा पनि उनलाई आर्थिक सहयोग गरेको जानकारी दिए ।
२०७३ साउनमा पश्चिम रामाघाटमा आफैले चलाउने बसको छतमा सुतिरहेका बेला राती एक्कासी खसेका नेपालीको कम्मरमुनीको भाग पूर्णरुपमा नचल्ने अवस्था रहेको छ ।
आयआम्दानी गर्ने घरको एक जना मात्र व्यक्तिपनि अपांगताका कारण थला परेपछि घरपरिवार चलाउन निकै कठिनाई भइरहेको नेपालीले बताए ।