हुम्लादेखि नेपालगन्जसम्मको भाडा ५ हजार ३ सय कायम


हुम्ला :  हुम्लादेखि नेपालञ्जसम्मको हवाई भाडादर घट्यो

लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ ।

यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको छ हजार पाँच सय ९५ रूपैयाँ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले पाँच हजार तीन सय कायम गरेको छ ।


नेपालगञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले नेपाल एयरलाइन्सभन्दा कम भाडा लिने भएका कारण केन्द्रीय कार्यालयमा हुम्लाको शाखाबाट भाडा घटाउन आग्रह गरेपछि बुधबारदेखि घटेको सिमकोट शाखाका प्रमुख बलबहादुर सुनारले जानकारी दिए ।

यसै गरी नेपालगञ्जदेखि सिमकोटसम्म सात हजार नौ सय भाडादर रहेको उनले जानकारी दिए । नेपाल एयरलाइन्सले हुम्लामा हप्ताको एक दिन सोमबार उडान भर्दै आएको छ ।

नयाँ पत्रिकाबाट

प्रकाशित मितिः     11:30:59 AM  |