भाटभटेनीले ल्यायो मेघा अफर, १० प्रतिशत छुट


नेपालगन्ज :  नेपालकै ठूलो चेच सुपर मार्केट भाटभटेनीले कोरोना महामारीपछि ग्राहकका लागि नयाँ योजना ल्याएको छ ।

कोभिड-१९ ले बनाएको जटिल अवस्था तथा उपभोक्ताको जनजीवनमा परेका समस्यालाई मध्यनगर गरी ‘भाटभटेनी मेघा अफर’ ल्याएको कम्पनीले बताएको छ ।

स्टोरले दाल,चामल,तेल,मसला,वेकरी,फ्रोजन मासु,लगाएतका ग्रोसरी सामग्रीहरुमा छुटको व्यवस्था गरेको छ ।

यो योजना अन्तरत ग्राहकहरुलाई भाटभटेनीका सबै स्टोरहरुमा खाद्यान्न लगाएतका सामग्रीहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको बजार व्यवस्थापक विनोद भट्टराईले बताए ।

‘देशरभका विभिन्न २२ शहरमा रहेका स्टोरहरुमा लगू हुने गरी ‘भाटभटेनी मेघा अफर’ अन्तर्गत हरेक सामानको खरिदमा १० प्रतिशत छुटको व्यवस्था गरेका छौ ।’-भट्टराईले भने ।

विशेष गरी कोरोना महामारीले उपभोक्ताको दैनिक र आर्थिक गतिविधिमा पारेका असरलाई मध्यनजर गरी यो योजना ल्याएका हौं। रुपन्देहीको बुटवल,भैरहवा र नेपालगञ्ज गरी लुम्बिनी प्रदेशमा ३ वटा स्टोर रहेको छ ।

प्रकाशित मितिः     २ पुष २०७७, बिहीबार १३:५१  |