लुम्विनी प्रदेशमा सक्रिय स्काउट, शहरदेखि गाउँसम्म पुग्दै


नेपालगन्ज :  लुम्विनी प्रदेशमा नेपाल स्काउट सक्रिय भएको छ । सामाजिक अभियानका लागि शहरदेखि गाउँसम्म पुगेर विभिन्न गतिविधि सन्चालन गरिरहेका छन् ।

यतिबेला स्काउटले चाडो मौसममा आमनागरिकलाई कोरोना संक्रमणबाट कसरी जोगाउने भन्ने विषयमा जागरुक गराइरहेको स्काउटका प्रदेश सदस्य गणेश भण्डारी बताउँछन् ।

उनका अनुसार, अहिले बाँकेका विभिन्न ठाउँमा स्काउटरहरु यस्ता जनचेतनामुलक कार्यक्रम गर्न व्यस्त छन् ।

नेपालगन्जको त्रिभुवनचोक जस्तै अन्य व्यस्त चोकमा पुगेर आमनागरिकलाई जाडो मौसममा कोरोना संक्रमणबाट कसरी जोगिने भन्ने विषयमा जानकारी पस्किरहेको भण्डारीले बताए । नेपाल स्काउट नेपालको स्काउटिंग र गाइडिंग संस्था हो। यसको स्थापना वि।सं। २००९ सालमा भएको हो ।

नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको हो ।

प्रकाशित मितिः     २ पुष २०७७, बिहीबार १८:३२  |