उद्योग वाणिज्य संघले पूर्व अध्यक्षहरुलाई सम्मान गर्दै, तीन दिनसम्म स्थापना दिवश मनाउने


नेपालगन्ज :  निजीक्षेत्रमा पश्चिमकै ठूलो छातासंगठनका रुपमा रहेको नेपालगन्ज उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवशमा विभिन्न रचनात्मक कार्यक्रम गर्ने भएको छ ।

अध्यक्ष अब्दुल वाहिद मन्सुरीका अनुसार स्थापना दिवशको अवसरमा बिभिन्न गतिविधिहरु आयोजना गर्ने निर्णय भएको छ ।

जस अनुसार पौष १५ गते साइकल रेस प्रतियोगिता, पौष १६ गते बृहत रक्तदान, पौष १७ गते पूर्ब अध्यक्ष एबं संरक्षकहरुलाई सम्मान गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।

बृहत्त रक्तदान कार्यक्रमको व्यवस्थापन गर्न महासचिव चिरञ्जीवी ओली र साइकल रेस प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारीमा विष्णु श्रेष्ठलाई तोकिएको छ ।

कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन्न गर्नका लागि कार्यसमिति परिचालन गरिएको महासचिव ओलीले बताए ।

 

प्रकाशित मितिः     १० पुष २०७७, शुक्रबार १९:२९  |