खजुरा गाउँपालिकाका अध्यक्षले स्काउटको यसरी प्रशंसा गरे


नेपालगन्ज :  खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपतिले स्काउट नेपालको प्रशंसा गरेका छन् ।

कोरोना नियन्त्रण सम्बन्धि सचेतना अभियान फैलाउन खजुरा पुगेको स्काउट टिमलाई स्याबासी दिदै अध्यक्ष कक्षपतिले प्रशंसा गरेका हुन । उनले स्काउटको पछिल्लो सक्रियताप्रति खुसी व्यक्त गरे ।

उनले कोरोना नियन्त्रण सम्बन्धी जनचेतना प्रभावकारी काम भएको बताए ।


बिचमा केही समय स्काउट हराए झैं भए पनि अब भने क्रियाशिल भएकोमा उनले धन्यवाद समेत दिएका छन् ।

स्काउट नेपालले बाँकेको बिभिन्न ठाउँमा जनचेतनामुलक कार्यक्रम गरिरहेको स्काउटका प्रदेश सदस्य गणेश भण्डारीले बताए ।

प्रकाशित मितिः     6:41:23 PM  |