नेपालगन्जमा दैनिक जसो जुलुश र प्रदर्शन


नेपालगन्ज :  कोरोना कहरका कारण महिनामैसम्म सर्बसाधारण घरमै थुनिए ।

कोरोनाको त्यो जोखिम अहिले पनि टरेको छैन । तर राजनीतिक सरगर्मीले शहरमा दैनिक जसो नारा जुलुश र भिडभाड हुन थालेको छ । नेपालगन्जमा दैनिक जसो राजनीतिक नेता कार्यकर्ताहरु बिरोध जुलुसमा सहभागि छन् ।

नेकपाको विभाजनसंगै शुरु भएको यो सरगर्मीले कोरोना कहरलाई त पुरै बिर्साइदिएको छ । कोरोना संक्रमण अन्त्य भएको छैन बरु बढेको छ भन्ने हेक्का कसैले राखेको देखिदैन ।


आखिर राखेस् पनि कस्ले, राजनीति जो चलिरहेको छ ।

आईतवार नेकपा (प्रचण्ड -माधव पक्ष)ले साविक जिल्ला विकास समितिको सभाहलमा कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेता कार्यकर्ताहरु सहभागि भए । सरकार बिरुद्ध केन्द्रीत आन्दोलन दैनिक जसो भइरहेका छन् । सरकारको सर्मथनमा पनि विभिन्न कार्यक्रम नभएका भने होइन ।

प्रकाशित मितिः     4:03:50 PM  |