चोरी, तस्करी नियन्त्रण गर्न बाँकेका सिडीओद्धारा सबै सुरक्षा निकायलाई निर्देशन


नेपालगन्ज :  बाँके जिल्ला हुने चोरी, तस्करी नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन् ।

तस्कारी बढ्दै गएको भन्ने जनगुनासो बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारीले सुरक्षाकर्मीहरुलाई यस्तो निर्देशन दिएपछि अब तस्करहरुको निद हराम हुने भएको छ ।

नेपाल र भारत क्षेत्रमा हुने तस्कारीमा ठूलो गिरोह नै सक्रिय हुँदै आएको छ । कतिपय अवस्थामा सुरक्षाकर्मीकै संलग्नतामा यस्तो हुने गरेको पाइने गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कुरुम्बागंले चोरी तस्करी मातृभुमी माथिको सिधै बलात्कार भन्दै बाँकेका सबै सुरक्षा निकायका प्रमुखहरूबाट मातहत इन्चार्जहरुलाई मार्गदर्शन , उत्प्रेरणा र निर्देशन दिदै छन् ।

प्रकाशित मितिः     १२ पुष २०७७, आईतवार १४:१८  |