जमुनाह लगायत सबै नाकाबाट ‘थोरै’ उपभोग्य सामाग्री ल्याउँदा समेत भन्सार लाग्ने


नेपालगन्ज :  ‘थोरै’ उपभोग्य सामाग्री समेत नेपाल भित्रा्उँदा भन्सार तिर्नुपर्ने भएको छ ।

तस्करी नियन्त्रणमा कडाई गर्ने रणनीति अपनाएको बाँकेको प्रहरी, प्रशासनले अब जुनसुकै परिणामको भए पनि भारतबाट सामाग्री भित्रा्उँदा भन्सार तिर्ने पर्ने भएको हो ।

यो जतिसुकै सामान ल्याउँदा भन्सार लाग्ने भएपनि प्रहरीले कडाई नगर्दा त्यस्ता सामाग्री लाखौको मूल्यमा भित्रिने गरेका थिए ।

जसका कारण नेपालगन्जको बजार सुक्ने र रुपैडियाको बजार अत्याधिक चल्ने हुन्थ्यो ।


तर अब जतिसुकै सामाग्रीमा पनि भन्सार लगाइने भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ भन्छन्–बाँकेको जमुनाह नाका लगायत सबै नाकाहरुमा थोरै उपभोग्य बस्तुमा समेत भन्सार तिरेर मात्रै सामान छोडन निर्देशन दिइएको छ । छुटाउन फोन नगर्नुहोला ।

 

प्रकाशित मितिः     9:13:51 PM  |