नेपालगन्ज उद्योग वाणिज्य संघ स्थापना दिवश : आज साईकल रेस प्रतियोगिता, भोलि बृहत रक्तदान


नेपालगन्ज :  निजीक्षेत्रमा पश्चिमकै ठूलो छातासंगठनका रुपमा रहेको नेपालगन्ज उद्योग वाणिज्य संघले बुधवारदेखि तीनदिनसम्म स्थापना दिवश मनाउन शुरु गरेको छ ।

पहिलो दिन संघले नेपालगन्जमा साईकल दौड प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा साईवान अलि दर्जी प्रथम, विवेक कुमार यादव द्धितीय, राम दर्शन यादव तृतीय भएका छन् । प्रतियोगिहरुलाई अध्यक्ष अब्दुल वाहिद मन्सुरीले पुरस्कार प्रदान गरेका थिए ।

आफ्नो स्थापना दिवशमा विभिन्न रचनात्मक कार्यक्रम गर्ने पूर्व निर्णय अनुसार उक्त कार्यक्रम आयोजना गरेको हो ।


अध्यक्ष अब्दुल वाहिद मन्सुरीका अनुसार स्थापना दिवशको अवसरमा बिभिन्न गतिविधिहरु आयोजना गर्ने निर्णय गरिएको थियो ।

जस अनुसार बुधवार साइकल रेस प्रतियोगिता, पौष १६ गते बृहत रक्तदान, पौष १७ गते पूर्ब अध्यक्ष एबं संरक्षकहरुलाई सम्मान गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।

कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन्न गर्नका लागि कार्यसमिति परिचालन गरिएको महासचिव चिरञ्जीवी ओलीले बताए ।

प्रकाशित मितिः     11:17:56 AM  |