स्थापना दिवशमा संघद्धारा रक्तदान कार्यक्रम आयोजना, शुक्रवार पूर्व अध्यक्षलाई सम्मान गर्दै


नेपालगन्ज :  ५३ औं स्थापना दिवशको अवसरमा नेपालगन्ज उद्योग वाणिज्य संघले बिहिवार बृहद रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

संघद्धारा पहिलो पटक आयोजना भएको रक्तदान कार्यक्रममा १ सय २ पिन्ट रगत संकलन भएको छ ।

अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उद्घाटन गरेको कार्यक्रममा संघका पदाधिकारी, उद्योगी व्यवसायीहरुले रक्तदान गरेका थिए ।

रगत अभावमा कसैलाई समस्या नहोस् भन्ने उदेश्यले निजीक्षेत्रले सहकार्य गरेको कार्यक्रमको संयोजन गरेका संघका महासचिव चिरञ्जीवी ओलीले बताए । रक्तदान गर्ने सबैलार्इृ संघले धन्यवाद दिएको छ ।


५३ औं स्थापना दिवशको अवसरमा संघले भोलि शुक्रवार पूर्व अध्यक्ष एवं संरक्षकहरुलाई सम्मा गर्दै छ ।

संघ एवं व्यवसायिक हकहितका मुद्दामा महत्वपूर्ण योगदान दिएको भन्दै पूर्व अध्यक्षलाई सम्मान गर्न लागिएको हो । संघले बिहिवार मात्र नेपालगन्जमा साईकल रेस प्रतियोगिता आयोजना गरेको थियो ।

प्रकाशित मितिः     9:02:55 PM  |