पूर्व अध्यक्षलाई सम्झियो संघले, एउटै मन्चमा सबैलाई सम्मान


नेपालगन्ज १७ पुष :  निजीक्षेत्रको छातासंगठन नेपालगन्ज उद्योग वाणिज्य संघले आफ्नो ५३ औं स्थापना दिवशको अवसरमा पूर्व अध्यक्ष एवं संरक्षकहरुलाई सम्मान गरेको छ ।

तीन दिनसम्म स्थापना दिवश मनाउने कार्यक्रम अन्र्तगत शुक्रवार पूर्व अध्यक्षहरु कन्हैयालाल टण्डन, अच्यूत प्रसाई, सतिश चन्द्र अग्रवाल, दामोदर आचार्य, सुनिल कुमार शर्मा, कृष्णप्रसाद श्रेष्ठ र निर्वतमान अध्यक्ष नन्दलाल बैश्यलाई सम्मानपत्र र दोसल्ला ओढाएर नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सम्मान गरे । कार्यक्रममा दिवंगत पूर्व अध्यक्षहरुको सम्झनामा मौनधारण गरिएको थियो ।

अध्यक्ष मन्सुरीले संघको स्थापना र व्यवसायिक हकहितको मुद्दामा पूर्व अध्यक्षहरुले पुर्याएको योगदान अतुलनिय रहेको बताए । कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले झझण्टीलो कानूनी प्रक्रियाका कारण निजीक्षेत्रले दुःख पाएको बताएका छन् । त्यस्ता झण्झटिलो कानूनी प्रावधान सुधार्न महासंघले आन्दोलन गर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले कोभिड संकट समाधान गर्न निजीक्षेत्रले बाँकेका महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।


कार्यक्रममा स्थापना दिवशमै आयोजित साईकल रेस प्रतियोगिताका उत्कृष्टहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । महासचिव चिरञ्जीवी ओलीले सन्चालन गरेको कार्यक्रममा बरिष्ठ कार्यसमिति सदस्य बसन्त लामिछानेले स्वागत भाषण गरेका थिए । कार्यक्रम विभिन्न वक्ताहरुले बोलेका थिए ।

नेपालगंज उद्योग व्यापार संघ वि.सं. २०२४ साल पौष १७ गते स्थापति भई नेपालगंज उद्योग वाणिज्य संघको नामले दर्ता गरि स्थापना भएको हो । शुरुमा भाडाको भवन कार्यालय स्थापना गरि संघले आप्mनो काम सुचारु गरेको थियो । विभिन्न खुडकिलाहरु पार गर्दै संघको आफ्नो भवन रहेको छ ।

 

प्रकाशित मितिः     १७ पुष २०७७, शुक्रबार १९:१५  |
error: Content is protected !!