नेपालगन्ज : जिल्ला हुलाक कार्यालय बांकेका कार्यालय प्रमुख, हुलाक अधिकृत गोबिन्दप्रसाद पाण्डे इन्ट्रीग्रिटी आइडल २०२० का लागि एकाउन्बीलिटी ल्याबमा प्रतिस्पर्धा गरेका १५०२ कर्मचारीहरु बीच को प्रतिपर्धामा उत्कृष्ठ १५ इमान्दार तथा कर्तव्यनिष्ठ राष्ट्र सेवकमा छनोट हुनु भएको छ ।
इमान्दारीता तथा सुशासन प्रवर्दनमा क्रियासिल संस्था एकाउन्टीबिलिटी ल्याबले ६ महिना अगाडी देखि इमान्दार तथा कर्तव्यनिष्ठ कर्मचारी छनोटका लागि सूचना प्रकाशित गरेर छनोट चरणको सुरुवात गरेको थियो ।
बांके बाट बागेश्वरी असल शासन क्लवले इन्ट्रीग्रिटी आइडल २०२० को प्रतिस्पर्धाका लागि कर्मचारीको फारम संकलन गरेर एकाउन्बीलिटी ल्याब केन्द्रीय कार्यालय काठमाण्डौमा पठाएको थियो ।
हुलाक अधिकृत पाण्डेले विगतमा वाणिज्य कार्यालय नेपालगंजमा कार्यालय प्रमुख पदमा रहंदा गरेको बजार अनुगमन तथा बस्तु र सेवाको गुणस्तर सुधार, उपभोक्ता जनचेतनाका काम, कोहलपुर नगरपालिकामा कार्यकारी अधिकृतमा काम गर्दा गरेको हरित कोहलपुर अभियान, सडक बिस्तार, यूवाहरुको क्षमता विकास, चन्द्रगिरी नगरपालिका काठमाण्डौ, छायांनाथ रारा नगरपालिका मुगु, तिलागुफा नगरपालिका कालिकोट मा प्रमुख प्रशासकिय अधिकृत पदमा रहंदा जनप्रतिनिधी संगको समन्वय, स्थानीय तहका ऐन, नियम, कार्यबिधी तथा मापदण्ड निर्माण, विकास निर्माण तथा सुशासन प्रबर्दनमा खेलेको भूमिक तथा जिल्ला हुलाक कार्यालय बांकेमा कार्यालय प्रमुख, हुलाक अधिकृत पदमा काम गर्दा बांके जिल्ला हुलाकका साथै ११ वटा इलाका र ३५ वटा अतिरिक्त हुलाक कार्यालयको पूर्वाधार सुधार, जनशक्तिको क्षमता विकास तथा कोभिड १९ का बिच सेवा प्रवाहमा देखाएको सक्रियताको मूल्यांकन गरी इमान्दार तथा कर्तव्यनिष्ठ राष्ट्र सेवकका रुपमा उत्कृष्ठ १५ भित्र छनोट गरेको छ ।
यस सम्बन्धका आफ्ना धारणा राख्दै बांकेका हुलाक अधिकृत पाण्डेले एकाउन्बीलिटी ल्याब जस्तो पबित्र संस्थाबाट १५०२ कर्मचारी बीचको प्रतिपर्धामा उत्कृष्ठ १५ इमान्दार तथा कर्तव्यनिष्ठ राष्ट्र सेवकमा आफु छनोट हुंदा आफुलाई इमान्दरिता तथा कर्तब्यनिष्ठता पूर्वक राष्ट सेवामा समर्पित हुन थप हौसला र प्रेरणा मिलेको छ बताउनु भयो ।
उहांले आउदा दिनमा सेवाग्राही मैत्री सेवा प्रवाह, सेवा प्रवाहमा नविनता, प्रशासनिक सकृयता तथा प्रभावकारी समन्वय तथा सहकार्यमा जोड दिने प्रतिबद्वता समेत जनाउनु भएको छ ।