गुर्भाकोटको भुल्के नजिक भेरी नदीमा बस खस्यो


नेपालगन्ज । सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका–९ गराले ( भुल्के)बजार नजिकै बस भेरी नदीमा खसेको छ ।

घटनास्थल पुगेका स्थानीयले बसमा तीन जना मात्र सवार रहेको बताएका छन् । त्यस मध्ये एकजनाको शव फेला परेको, एकजना घाइते भएको र अर्का एकजना बेपत्ता भएको बताए पनि प्रहरीले पुष्टि गरेको छैन ।

घटनाका बारेमा बुझ्न बाँकी नै रहेकाले विस्तृत विवरण केही बेरमा दिने प्रहरी चौकी बोटेचौरका इन्चार्ज देवबहादुर थापाले बताए ।


दांगबाट रिजर्भ लिन सल्लीबजार पुगेको बस दुर्घटना भएको हो ।

 

प्रकाशित मितिः     २३ पुष २०७७, बिहीबार १५:४४  |
error: Content is protected !!