नेपालगन्जमा राष्ट्रिय अनुसन्धानका सहायक सूचकको शव फेला, हत्याको आशंका


नेपालगन्ज :  नेपालगन्जमा राष्ट्रिय अनुसन्धान कार्यालयमा कार्यरत सिपाही परविन थापामगर ( सहायक सूचक)को शव फेला परेको छ । उनको हत्याको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बाँकेमा कार्यरत एक जना सहायक सूचकको हत्या भएको छ । थापा मगर कारकाँदो पूर्व खेतमा मृत फेला परेको थियो ।


बाँके प्रहरी प्रवक्ता सुवास खड्काका अनुसार राष्ट्रिय अनुसन्धान कार्यालयमा सहायक सूचकको रुपमा कार्यरत उनको टाउकोमा धारिलो हतियारको चोट रहेको बताएका छन् ।

प्रकाशित मितिः     2:26:21 PM  |