मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको अनुगमन, सीप सिकेर व्यवहारमा उतार्न अनुरोध


नेपालगन्ज १ माघ :  लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको राप्तीसोनारी गाउँपालिमा संचालित सबै कार्यक्रमको जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव नेतृत्वको टोलीले बुधबार अनुगमन गरेको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा कार्यक्रम अन्तरगत वडा नं. ३ र ४ आदिवासी थारु महिलाका लागि तीन महिने गार्मेन्ट निर्माणका र तालिम सहयोग, वडा नं. ८ र ९ का युवालाई १५ दिने नेतृत्व विकास तथा प्रस्तावना लेखन तालिम, वडा नं. १ देखि ९ सम्मका युवालाई सुरक्षा सेवा र लोकसेवा परिक्षाका लागि एक महिने तालिम, वडा नं. ३ र ४ का युवालाई वाइरिङ्ग तालिमको अनुगमन गर्नु भएको थियो ।

गाउँपालिकामा मुक्त कमैया महिलाका लागि व्यवसायीक बाख्रापालिका लागि बाख्रा सहयोग, बादी जातिका लागि सिप विकास तालिम, वडा नं. ६ र ७ का थारु महिलाको परम्परागत सिपलाई बजारको माग अनुसारको सिप विकास तालिम, वडा नं। ७ का ४ सय जेष्ठ नागरिकका लागि न्यानो कपडा र थर्मस सहयोग कार्यक्रम संचालन भएका छन् ।

कार्यक्रमको अनुगमनमा गाउँपालिका अध्यक्ष लाहुराम थारु, कार्यक्रम सहजकर्ता जमुना चालिसे, कार्यक्रम कार्यान्वय तथा सिफारिस समितिका सदस्य चमेली वाकवल र पूर्ण थारुको समेत सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा संयोजक श्रीवास्तवले कार्यक्रम संचालन तथा छनौटका लागि भएका प्रयासका लागि प्रसंसा समेत गर्नु भएको थियो । उहाँले सिप सिक्दैमा केही हुँदैन त्यसलाई आयआर्जनका लागि आफ्नो पेशा बनाउन सबै अनुरोध गर्नु भयो ।

गाउँपालिका अध्यक्ष लाहुराम थारुले माग र अति आवश्यकता आधारमा कार्यक्रम छनौट गरिएको हो । यस कार्यक्रमले गाउँपालिका लाभग्राही नागरिकको जीवनमा उल्लेख्य सहयोग गरेको बताउनु भयो ।

कार्यक्रम सहजकर्ता चालिसेले गतवर्ष वाइरिङ्ग र ड्राइभिङ्ग तालिमका सिप सिकेका ४० जना युवा मध्ये २० जना युवाले आफ्नो पेशमा लागेर आयआर्जन गरिरहेको जानकारी गराउनु भयो । एकल महिलालाई ३ वटाका दरले गरिएको बाख्रा सहयोगबाट हाल सम्म बसैको घरमा ९ वटा सम्म बाख्रा भएको समेत बताउनु भयो ।

यसवर्षका कार्यक्रम संचालनका लागि सबैभन्दा बढी प्राथमिकतामा महिला, युवा, मुक्त मकैया महिला, बादी जाति र जेष्ठ नागरिक रहेको सदस्य वाकवलले जानकारी दिनु भयो ।

प्रकाशित मितिः     १ माघ २०७७, बिहीबार १४:२६  |