गुर्भाकोटमा नेकपा ओली समूहको सक्रियता बढ्यो, विष्ट भन्छन्- नेता कार्यकर्ता हाम्रो साथमा छन्


गुर्भाकोट ४ माघ :  नेकपा विभाजित भएपछि अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओली समूहले गुर्भाकोटमा आफ्ना गतिविधि तिव्र पारेको छ ।

संसद विघटनको बाध्यतात्मक कदम र अब कसरी पार्टीलाई स्थापित गर्ने भन्ने विषय लिएर उक्त समूह कार्यकर्ता र सर्वसाधारणको घर घरसम्म पुगेको छ ।

केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका सांसद ठम्मर विष्ट, नेता डन्डी शर्मा लगायत यतिबेला सक्रियतापूर्व जनताको घरदैलोमा पुगेर पछिल्लो राजनीतिक अवस्थाका बारेमा बुझाइरहेका छन् ।


प्रधानमन्त्री ओलीलाई पार्टी भित्रबाटै असहयोग गरी बाध्यात्मकरुपमा संसद बिघटन गराउने परिस्थितीको निर्माण गराइएको नेताहरुको ठहर छ ।

नेताहरुको सक्रियता अन्र्तगत नै नगरस्तरिय कार्यकर्ता भेला सम्पन्न भएको छ ।

केन्द्रीय सदस्य ठम्मर विष्ट, केन्द्रीय सदस्य चुडामणी शर्मा, नेता डन्डी शर्मा, खगेन्द्र घर्ती, मानबहादुर खत्री लगायतले नेता कार्यकर्तालाई सम्बोधन गरेका थिए । चित्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा गुर्भाकोटका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः     ४ माघ २०७७, आईतवार १०:१०  |
error: Content is protected !!