दिनेशचन्द्र यादव र प्रविन थापाका परिवारलाई भेटे पूर्वप्रधानमन्त्री माधव नेपालले


नेपालगन्ज ४ माघ :  नेकपा (प्रचण्ड नेपाल समूह)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता युवराज ज्ञवाली, वर्षमान पुन लगायतले केही दिन अघि निधन भएका केन्द्रीय सदस्य दिनेशचन्द्र यादव र हत्या गरिएका प्रविन थापाको घरमा पुगेर परिवारलाई भेटेका छन् ।

यादवको उपचारका क्रममा निधन भएको थियो भने नेकपा जिल्ला सदस्य डम्बर थापाका छोरा प्रविनको हत्या भएको थियो ।

घरमै पुगेर नेता नेपालले परिवारजनलाई सान्त्वना दिएको नेकपा बाँकेका नेता रत्न खत्रीले जानकारी दिए ।

प्रकाशित मितिः     ४ माघ २०७७, आईतवार ११:५६  |