नेपालगन्ज ४ माघ : नेकपा (प्रचण्ड नेपाल समूह)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता युवराज ज्ञवाली, वर्षमान पुन लगायतले केही दिन अघि निधन भएका केन्द्रीय सदस्य दिनेशचन्द्र यादव र हत्या गरिएका प्रविन थापाको घरमा पुगेर परिवारलाई भेटेका छन् ।
यादवको उपचारका क्रममा निधन भएको थियो भने नेकपा जिल्ला सदस्य डम्बर थापाका छोरा प्रविनको हत्या भएको थियो ।
घरमै पुगेर नेता नेपालले परिवारजनलाई सान्त्वना दिएको नेकपा बाँकेका नेता रत्न खत्रीले जानकारी दिए ।