नेपालगन्जलाई चिनाउँदै द् प्याराडाईज ब्याण्ड,खुकुरी म्युजिक नेशनको उत्कृष्ठ ८ मा पर्न सफल


नेपालगन्ज ८ माघ :  नेपालगन्जको द प्याराडाईज ब्याण्ड खुकुरी म्युजिक नेशनको टप आठमा पर्न सफल भएको छ ।

खुकुरी रमले देश एवं विदेशबाट नयाँ प्रतिभाको खोजि गर्ने क्रममा जनवरी १ तारिखकबाट उक्त अभियान शुरु गरेको थियो । सोही म्युजिक अभियान अन्र्तगत अनिश श्रेष्ठ, क्रिस्टोफर पुन, विवेक तामागं, सविन थापा र रोशन बिश्वकर्मा सदस्य रहेको प्याराडाइज ब्याण्ड टप ८ मा पर्न सफल भएको हो ।

यसअघि टप १६ मा परेको उक्त ब्याण्डलाई देश र बिदेशबाट निकै रुचाइएको छ । कलिलो उमेरमा देशव्यापी सांगितिक प्रतिस्पर्धामा पुगेको सो ब्याण्डका म्यानेजर अनिष श्रेष्ठले आफुहरुले राम्रो गर्नेमा आशावादी रहेको बताएका छन् । त्यसका लागि सबैले आफुहरुलाई भोट हाल्ने उनको बिश्वास रहेको छ ।


नेपालगन्जका बिभिन्न सांगितिक कार्यक्रममा सहभागि भई आफ्नो प्रतिभा देखाउन सफल ब्याण्डका सबै सदस्य २४ वर्षमुनीका रहेका छन् । नेपालगन्जलाई चिनाउन यि युवाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

यहाँ क्लिक गरेर भोट गर्नुहोस् – https://khukrimusic.com/contestentdetail/41

 

 

 

प्रकाशित मितिः     ८ माघ २०७७, बिहीबार १४:४९  |
error: Content is protected !!