टिप्पर र ट्याक्टरको ‘कब्जा’मा राप्तीपारी जाने हुलाकी सडक


फाईल तस्विर

नेपालगन्ज ९ माघ :  बन्दै गरेको हुलाकी सडकमा बिहानदेखि रातीसम्म टिप्पर र ट्याक्टरको लस्कर लाग्छ । अरु चार पांग्रे गाडीका त के कुरा ! साईकलसम्म हिड्ने ठाउँ हुँदैन ।

राप्तीपुल वारपार गर्न मात्र घण्टौ लाग्ने अवस्था छ । साँघुरो पुल त्यसमा टिप्पर र ट्याक्टरको लस्कर ! एउटा पुल पार गर्न निकै कष्ट व्यहोर्नुपरेको छ । हुलाकी सडकको दुर्दशा भनिसाध्य छैन । सडक हिलाम्मे छ भने खाल्डैखाल्डो देख्न सकिन्छ । अति भएपछि शुक्रवार सो क्षेत्रका अगुवा एवं पत्रकार सुर्यलाल यादवले सामाजिक सन्जालमा यस्तो लेखे–

हुलाकी बाटोमा टिपर आतंक !
बाँके जिल्लाका आदरणीय सिडीओ, एसपी सा’ब, जिल्ला समन्वय समितिका सयोजक ज्यू, डुडुवाका स्थानीय सरकार प्रमुख ज्यू, कृपया तपाईहरु एकपटक राप्तीपुलदेखि पुरैनीसम्माको यात्रा मोटरसाईकलमा गर्नुहोस . । त्यसपछि हजुरहरुलाई थाहा हुनेछकी नागरिकहरुले कस्तो सास्ती व्यहोर्नुपरिरहेको छ भन्ने ।
नागारिकका पीडा
खुट्टामा प्लाष्टिक बेरेर हिडनुपर्ने, हिलोले दिनहुँ कपडा धुनुपर्ने, बे्रक राम्रोसंग लगाए खाल्टोमा जाने निश्चित भएको, बालबालिका उच्च जोखिममा, हुलाकी बाटोको ठाउँ ठाउँमा खाल्टो र चिरा परेको, राप्ती पुलबाट यस बर्षदेखि राप्ती नबाग्ने निश्चित, के हामी जनता यस्तै पिडा कहिले सम्म व्यहोर्नुहोला ? समयमा नै ध्यान जाओस, शुभकामना !

 

प्रकाशित मितिः     ९ माघ २०७७, शुक्रबार २१:१२  |