नेपालगन्जलाई ‘ट्र«ान्जिट’ बनाएर बङ्गलादेशमा गोरुको तस्करी


नेपालगन्ज :  नेपालगन्जलाई ‘ट्र«ान्जिट’ बनाएर बङ्गलादेशमा गोरुको तस्करी हुने गरेको उहिल्यैदेखि हो । अब भने बाँके प्रहरीले कडा एक्सन लिने संकेत दिएको छ ।

प्रहरी, प्रशासनको मिलोमतोमा भारतबाट अवैधरुपमा ल्याइएका गाईगोरु महेन्द्र राजमार्ग हुँदै पूर्व नाका र त्यहाँबाट बंगलादेश तस्करी हुने गरेको गुनासो सुनिदै आएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले गोरु तस्करी हुने गरेकोमा अब कडा एक्सन लिने काम भइरहेको बताए ।

उनले भने,–‘ भारतबाट नेपालहुँदै बांलादेशतर्फ तस्करी हुन लागेका यी गोरुहरुलाई कुसुमबाट बाँके प्रहरीले नेपालगन्ज भन्सार बुझाएको छ ।अब भन्सारले गोरु लिलाम बिक्रीगरि यो ट्रकलाई जफत गर्नेछ ।’ प्रहरी गोरु सहितको ट्रक समातेको हो ।

 

 

 

प्रकाशित मितिः     १३ माघ २०७७, मंगलवार १३:४४  |