कोभिड बिरुद्धको खोप लगाएपछि डा. थापाले भने- ढुक्क भएर खोप लगाऔं


शब्द /तस्बिर : सिराज खान

नेपालगन्ज :  कोभिड -१९ विरुद्धको खोप अभियान बाँकेमा पनि बुधवारबाट शुरु भएको छ । सबैभन्दा पहिले भेरी अस्पतालका प्रमुख डा। प्रकाश थापाले भारतबाट प्राप्त भएको कोभिशिल्ड खोप लगाएर अभियानको शुभारम्भ गरियो ।

खोप लगाएपछि डा थापाले ढुक्क भएर खोप लगाउन आग्रह गरेका छन् । उनले यो खोपलाई पनि अन्य खोप जस्तै मान्न र अनावश्यक हल्लाको पछि नलाग्न अनुरोध गरेका छन् । हरेक खोप लगाउपछि कुनै न कुनै रुपमा साइडइफेक्ट देखिने भए पनि त्यसबाट डराउन नपर्ने बताएका छन् ।

बुधवार भेरी अस्पताल लगायतका ४ सय स्वास्थ्यकर्मीलाई खोप दिइने छ । खोप लगाउने कार्य जारी छ ।


 

प्रकाशित मितिः     12:24:46 PM  |