बाँकेमा मनाइयो ५९ औं नर्सिङ्ग दिवश,थापा र शाहीलाई सम्मान


नेपालगन्ज : नेपाल नर्सिङ्ग बाँकेले ५९ औं नर्सिङ्ग दिवश भव्यताका साथ मनाएको छ । हरेक वर्षको माघ १५ मा पर्ने उक्त दिवशको अवसरमा नेपालगन्जको नर्सिङ्ग संघको प्रांगणमा कार्यक्रमको आयोजना गरिएको थियो ।

अध्यक्ष लक्ष्मी केसीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा प्रमुख अस्पताल नर्सिङ्ग प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, बिशिष्ट अतिथीमा संघकी केन्द्रीय सदस्य कोहिनुर फारुकी थिइन ।


कार्यक्रममा लामो समय नर्सिङ्ग सेवामा काम गरेर सेवानिवृत्त भएकी रामकुमारी बुढथापा, कुशुम शाहीलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी, बिशिष्ट अतिथी लगायत नर्सिङ्ग कलेजकी इन्सटक्टर रेखा खड्का, शिला शर्मालगायतले बोलेका थिए । कोषाध्यक्ष रुपकुमारी थनेतले कार्यक्रम सन्चालन गरेकी थिइन ।

 

प्रकाशित मितिः     १५ माघ २०७७, बिहीबार २१:४९  |
error: Content is protected !!