ठम्मर विष्ट विकासदेखि राजनीतिक भेटघाटमा सक्रिय


गुर्भाकोट :  नेकपाका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका सांसद ठम्मर विष्ट यतिबेला विकास निर्माणदेखि पार्टीलाई थप क्रियाशिल र संगठित बनाउन लागिपरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय रहेका सांसद विष्टले गुर्भाकोट नगरपालिका वडा १३ आनन्द मावीमा रु ५० लाखमा निर्माण भएको छ कोठे भवन, वडा नंं ६ थग्लेनदेखि जालकोट जोड्ने रु ३० लाखको झुलेंगे पुल , गुर्भाकोट ५ थग्लेनीमा रु २० लाखमा निर्माण भएको दुई कोठे भवनको उद्घाटन गरे ।


विकास निर्माणको कार्यमा आफु जनतासंगै भएको सांसद विष्टले उद्घोष गरे । सांसद विष्टले सोही अवसरमा गुर्भाकोटस्तरीय कार्यकर्ता प्रशिक्षणमा सहभागिता जनाएका थिए ।

प्रकाशित मितिः     6:58:11 PM  |