नेपालगन्ज : सुर्य ढकाल संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी बाँकेको शनिवार बसेको जिल्ला कमिटिको पदाधिकारी बैठकले विभिन्न निर्णय गरेको छ ।
संयोजक ढकालको अध्यक्षता र केन्द्रीय सदस्य देवराज भारतको प्रमुख आतिथ्यतामा बसेको बैठकले माघ २३ गते काठमाण्डौंं र २९ गते बुटवलमा आयोजना हुने जनसभामा बाँकेबाट भव्यरुपमा जनसहभागिता गराउने निर्णय गरिएको सचिव प्रमोद धितालले बताए ।
बैठकले २९ गते बुटवलमा आयोजना गर्न लागिएको बिशाल जनसभामा बाँकेबाट २० वटा ठूला बस र २५ वटा साना बसमा नेता कार्यकर्तालाई लैजाने निर्णय भएको छ ।
जनसभामा सहभागिता जनाउने कार्यलाई व्यवस्थित बनाउन बिभिन्न उपसमिति समेत गठन गरिएको छ भने अनुगमनका लागि केन्द्रीय सदस्य मोहमद हारुनलाई अनुरोध गरिने भएको छ । बैठकले रिक्त रहेको क्षेत्र नं. १ को संयोजकमा बलराम भटट्राई र सचिवमा भरत बुढाथोकीलाई मनोनयन गर्ने निर्णय गरेको सचिव धितालले जानकारी दिए ।