पुराना शहर हराउँदै, नयाँ बन्दै


बाँके : “नयाँ मुलुक”मा बसेका पुराना शहरहरु कतिपय खण्डहरमा परिणत भएका छन् । कति आधुनिकताको लयमा आफुलाई ढाल्न संघर्षरत छन् । बर्दियाको राजापुर होस् चाहे कैलालीको कटासे ! यिनले समयक्रमसंगै आफुलाई स्थापित गर्न सकेनन् । कुनैबेला व्यापारको मुख्य थलो बनेका राजापुर र कटासे जस्ता नयाँ मुलकका पुराना शहरहरु आज सामान्य बजारका रुपमा समेटिएका छन् ।

तर बाँकेमा नेपालगन्ज, बर्दियामा गुलरिया, कैलालीमा धनगढी र कन्चनपुरमा महेन्द्रनगर जस्ता शहरहरु जिल्ला सदरमुकाम भएका कारण सदावहार छन् । आफ्नो विकासक्रममा थुप्र्रै राजनीतिक उताडचडाव व्यहोरे पनि नेपालगन्ज आज पनि पश्चिमको प्रमुख व्यापारिक केन्द्रका रुपमा स्थापित छ । गुलरिया जहाँको त्यही अवस्थामा छ भने धनगढी सुदूरपश्चिमको प्रादेशिक राजधानी बनेको छ । पश्चिममा योजनाबद्ध विकास गरिएको महेन्द्रनगर बजार उदाँउदो छ ।

नयाँ मुलकका पुराना शहरहरु कुनै खण्डहरु त कुनै जहाँको त्यही भइरहँदा नयाँ शहरहरु स्थापित हुने क्रममा छन् । बाँकेमा कोहलपुर, बर्दियामा बाँसगढी, कैलालीमा लम्की, टिकापुर जस्ता शहरहरुले ठूलै फड्को मारिसकेका छन् । नेपालगन्जका पूर्व मेयर बरिष्ठ अधिवक्ता बिजय गुप्ता भन्छन्–‘समयक्रम अनुसार ठाउँको विकास हुन सकेन भने कुनै बेला ठूला शहर गाउँमा परिणत हुन बेर लाग्दैन । राजापुर होस् चाहे दांगको कोइलाबास यसैका इतिहास हुन ।’

पश्चिम तराईलाई नयाँ मुलुक किन भनिन्छ ? थोरै इतिहास खोतलौ । वि.स. १९१४ सालमा सुगौलि सन्धिमा नेपालले गुमाएको थियो । पश्चीमी नेपालका ४ जिल्लाहरु बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई पछी मात्र फिर्ता गरिएको थियो । अंगे्रजबाट फिर्ता आएको भूमिलाई ‘नयाँ मुलुक’ भनिन्छ ।

वि.स. १९१४ साल ( ई.सन् १८५७ )मा भारतको ईष्ट इण्डिया कम्पनि सरकार विरुद्घ भारतका सिपाहीहरु, राजा–रजौटा र जनताहरूले ठूलो विद्रोहको सुरुवात गरे । विद्रोहले विशाल रुप लिए पछि निर्णायक जीतका लागि उनले नेपाल सरकारसँग अंगे्रज विरुद्घ सैनिक सहायता मागेका थिए । त्यस्तै लखनऊका नवावले पनि नेपाल सरकारसँग अंग्रेज विरुद्घ सैन्य सहयोग मागेका थिए । तर नेपालका प्रधानमन्त्री
समेत रहेका श्री ३ सरकार जंङ्गबहादुर राणा भने अन्दोलनकारी लाई सहयोग नगरी भारतमा अंग्रेज विरुद्घ भएको शसस्त्र जन–अन्दोलन दवाउन अंग्रेजहरु लाई सैन्य सहयोग गर्न चाहेको इतिहासका विभिन्न टिपोटहरु पाइन्छ ।

जंगबहादुर राणाले आफ्नै कमानमा सेनाको विशाल फौज लिई काठमाण्डौबाट गोरखपुरका लागि प्रस्थान गरे । त्यहाँ पुगेपछि जंगबहादुर नेतृत्वको नेपाली सेनाले जौनपुर, आजमगढ, मुवारकपुर, कुण्डिया, चण्डा, बदलपुर, हमिरपुर, सुल्तानपुर, सोनपुर बरसतपुर, बादशाहगंज, लखनऊ आदि ठाउँमा विद्रोहिहरूसँग भिषण संघर्श गरी विद्रोही हरूलाई पराजित तुल्याएको थियो । विद्रोह समाप्त भए पछि जंगबहादुर २३ मार्च १८५८ मा ईष्ट इण्डिया कम्पनिका तत्कालिन गभर्नरलाई भेट्न ईलाहाबाद गएका थिए । त्यहाँ ४दिन बसी बनारस हुदै
४ मे १८५८ मा जंगबहादुर काठमाण्डौ आइपुगेको इतिहासमा उल्लेख छ ।


यो विजयबाट अत्यन्तै खुसिभई ब्रीटिश सरकार द्वारा जंगबहादुरलाई ई.स.१८५९मा सुगौलि सन्धीद्वारा नेपालले गुमाएका ४ जिल्ला बाँके ,बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फीर्ता गर्न होम डिपार्टमेन्ट मार्फत ईष्ट इण्डीया कम्पनिका डाइरेक्टर लाई सिफारिस गरेका थिए । ई.सन् १ नोभेम्वर १८६० मा ब्रीटिश सरकार र नेपाल सरकार विच सन्धी भयो ।

यो सन्धी अनुसार सुगौलि सन्धिमा नेपालले गुमाएका पश्चीमी नेपालका ४ जिल्लाहरू बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फीर्ता गरीएको थियो । अंगे्रजबाट फिर्ता आएको भूमिलाई ‘नयाँ मुलुक’ भनिन थाल्यो ।

नयाँमूलुक अन्तरगत पर्ने पूर्वको राप्ति नदि र पश्चिमको महाकालि नदि विचको भू–भागमा निकै ठुलो घनाजंगल थियो । विश्वप्रसिद्घ चारकोशे झाडी यसै जंगल भित्र पर्दथ्यो । आजभन्दा १५५ वर्ष अगाडि यहाँ बस्ति थिएन । यो दक्षिण एसियाकै प्रसिद्घ शिकारगाह पनि थियो । यो जंगलमा शिकार खेल्न नेपाल सरकारका तत्कालिन श्री ५ महाराज धिराज, श्री ३ महाराज र निजका भाइ भतिजा र राजकुमारहरु, र उच्चपदस्थ सैनिक कर्मचारीहरु आउने गर्दथे । ब्रीटेनका राजकुमार प्रीन्स अफ वेल्सले पनि यहाँ सिकार खेल्न आएकोे ईतिहास पाइन्छ ।

यसरी स्थापित नयाँमुलुकका शहरहरु मुख्यगरी व्यापारिक थलोका रुपमा स्थापित भए । भारतसंग सीमा जोडिएका कारण आयात निर्यातको केन्द्र बने । हाटबजारदेखि शुरु भएको व्यापारिक सम्बन्धले ठूलो आकार ग्रहण गरेको छ । नयाँ मुलुकका पुराना शहरहरुले राजनीतिक उताडचडाव भने संधै व्यहोर्नुपरेको बताउँछन्, नेपालगन्जका पूर्व मेयर बिजय गुप्ता । उनी भन्छन्– नेपालगन्जलाई संधै केन्द्र
सरकारले हेलाको नजरले हेर्यो ।

पंचायतदेखि गणतन्त्रसम्म आइपुग्दा यि शहरमा कुनै पनि ठूला योजना पारिएन । पुराना शहरको ऐतिहासिक पक्षलाई जोगाउने योजनाबद्ध विकास नगर्ने हो भने लोप भएर जाने खतरा रहेको गुप्ता बताउँछन् ।

प्रकाशित मितिः     २१ माघ २०७७, बुधबार १३:३९  |
error: Content is protected !!