नेपालगन्ज : कोरोनाबाट ज्यान गुमाएकी बाँके टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर अनमी अधिकृत रमा भारतीको परिवारलाई नेपाल नर्सिग संघ बाँकेका पदाधिकारी एवं सदस्यहरुले सान्त्वना दिएका छन् ।
शुक्रवार बिहान दश बजे पुगेको टोलीले स्वर्गीय भारतीप्रति श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा श्रद्धान्जली अर्पण गरेको हो । अध्यक्ष लक्ष्मी केसीले स्वर्गीय भारती मिलनसार र कर्तव्यनिष्ठ स्वास्थ्यकर्मी भएको बताइन ।