नेपालगन्जमा उद्योग वाणिज्य महासंघका नेताहरुको जमघट


नेपालगन्ज :  शुक्रवार नेपालगन्जमा नेपाल उद्योग वाणिज्य महासंघको नेताहरुको जमघट रह्यो । उद्योग मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया लगायत बिभिन्न कार्यक्रममा महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रे प्रसाद ढकाल लगायतका नेताहरु छलफलमा रहे । कोभिड पछिको अर्थतन्त्र उकास्ने विषयमा छलफल केन्द्रीत थियो ।

नेपालगंज उद्योग वाणिज्य संघमा समेत कार्यक्रमको आयोजना गरिएको थियो ।

अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशका उपाध्यक्ष वाल कृष्ण सुवेदी, त्यसै गरी राजापुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार जोशी , रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ प्रकाश मल्ल , प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदार मान कक्षपति , रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष श् विश्व कुमार चन्द्र , गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष विर बहादुर चौधरी , घरेलु तथा साना उद्योग महासंघ रोल्पाका अध्यक्ष मिलन डाँगी लगायतका टिमलाई संघमा स्वागत गरी भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रकाशित मितिः     २३ माघ २०७७, शुक्रबार १७:३४  |