दिपेन्द्र विष्ट टेलिकम्युनिकेशन डिलर्सको केन्द्रिय अध्यक्षमा पुनः दोहोरिए


नेपालगन्ज २५ माघ : टेलिकम्युनिकेशन डिलर्स एशोसियसन अफ नेपालको केन्द्रिय अध्यक्षमा दिपेन्द्र विष्ट चयन भएकाछन् ।

नवौं वार्षिक साधारण सभाबाट विष्ट केन्द्रिय अध्यक्षमा चयन भएका हुन् । विष्ट एशोसियसनको केन्द्रिय अध्यक्षमा पुनः दोहोरिएका हुन् ।

शनिबार काठमाण्डौंमा सम्पन्न भेलालले विष्टसहित ११ जनाको कार्यसमिति चयन गरेकोछ ।


टेलिकम्युनिकेशन डिलर्स एशोसियसन अफ नेपालको उपाध्यक्षमा धर्मराम वराल, सचिवमा धर्मानन्द जोशी र कोषाध्यक्षमा महेन्द्रराज तुलाधार चयन भएका छन् ।

यसैगरि सदस्यमा प्रदेशगत हेम गुरुङ, नीरज गुप्ता, विजय सुवेदी, नवराज विष्ट, राजेश श्रेष्ठ, माधव प्रशाद शर्मा र चन्द्रासिंह चौधरी चयन भएका छन् ।

एशोसियसनले टेलिकम्युनिकेशन व्यवसायी सबैलाई समेटेर लैजाने र संस्थाका कमि कमजोरीलाई हल गर्दै लैजाने बताएकोछ ।

प्रकाशित मितिः     12:49:19 PM  |