नेपालगन्ज : बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांग अध्यक्ष रहने जिल्ला खोप अनुगमन तथा समन्वय समितिले हचुवाका भरमा बाँकेका पत्रकारलाई मंगलवार कोभिड बिरुद्धको खोप लगाउने निर्णय गरेको पुष्टि भएको छ ।
हेर्नुहोस् स्वास्थ्यमन्त्रालयको पत्र जहाँ स्पष्टरुपमा काठमाण्डौं बाहिर अर्को सूचना जारी भएपछि खोप लगाउने भनिएको छ ।-
स्वास्थ्य मन्त्रालयले काठमाण्डौं बाहेक अन्यत्र पत्रकारलाई खोप लगाउने निर्णय नगरेको स्पष्ट हुँदाहुदै बाँकेमा हतार हतार र सस्तो लोकप्रियताका लागि मंगलवार पत्रकारलाई खोप लगाउने भन्दै भेरी अस्पतालमा बोलाइएको थियो ।
नेपाल पत्रकार महासंघ बाँकेले पनि सोही निर्णयका आधारमा सबै पत्रकारलाई खोप लगाउन आमन्त्रण गरेको थियो । तर केन्द्रीय निर्णय विपरित भएको उक्त निर्णय कार्यान्वयन नगर्न लुम्विनी प्रदेश सामाजिक विकास मन्त्रालयले पत्र पठाएपछि बाँकेका पत्रकारले खोप लगाउन पाएनन् । यस पश्चात विवाद बढेर व्यक्तिगत तहसम्म पुगेको थियो ।
हेर्नुहोस् जुनदिन स्वास्थ्य मन्त्रालयले काठमाण्डौं बाहेक बाहिरी जिल्लाका पत्रकार लगायतका निकायलाई खोप लगाउन अर्को सूचना जारी गर्ने भन्यो त्यही दिन बाँकेका सिडीओको अध्यक्षमा बसेको बैठकले भोलिपल्ट अर्थात मंगलवार पत्रकारलाई खोप दिने निर्णय गर्यो ।

फोकल पर्सन तेज ओलीलाई अनावश्यक र व्यक्तिगत गालीगलौच भएपछि उनले राजिनामा दिएका छन् । हचुवाका भरमा निर्णय गराउने सिडीओलाई जवाफदेहि बनाउन छाडेर फोकल पर्सनको जिम्मेवारी सम्हालेका सामान्य कर्मचारीलाई अनेकन आरोप लगाएपछि चौतर्फी आलोचना भएको छ ।