अलौकिक एक तपो भुमी -सतखलुवा ताल !


बारबर्दिया नगरपालिका–९ मा रहेको सतखलुवा ताल प्राकृतिक सिमसार ताल हो यो । तालको पानी कहिल्यै सुक्दैन र आफै मुल फुटे झै सदाबहार एकैनाशको भइरहन्छ ।

सात वटा मुहान मिलेर बनेका हुनाले यसलाई यो नाम राखिएको स्थानीयहरुले बताउँछन् । यो ठाउमा थारू जातिको बस्ती निकै ठूलो छ थारुमा सतखलुवा भनिएको सात वटा खलुवा, मुहान वा कुनाहरु भन्ने गरिन्छ । तालको उत्तर, पूर्व र पश्चिम बर्दिया निकुञ्ज छ । यसमा चुरे पहाडबाट बगेर आएको पानी जम्मा हुने गर्दो रहेछ । ताल निकै मनमोहक छ यो ठाउका किसानको सिचार्इ गर्ने एक सहज माध्यम बनेको छ ।

यो एउटा मानिसको चिन्ता हराउने ठाउँ झै छ चिन्ता मुक्त भने पनि हुन्छ । ठुला ठुला सुकेका सालका हजारौ बर्ष पुराना रुखहरु तालका बिच बिचमा देखिँदा यो तालको अवस्था र ईतिहास अध्ययन गर्न सकिन्छ तिनि सालका रुखले ताल सङ निकै माने लिएको हुन सक्छ पहिले जङ्गल भएको र पछि मुलफुटी त्यो स्थान अलि गहिरो भएकोले भरिएको हुन सक्ने अनुमान गर्न सकिन्छ।एक अलौकिक आनंद दिन्छ यो तालले मानिसहरुको निकै ब्यस्त जीवन तथा तनाब पुर्ण जिबनलाई ब्यबस्थापन गर्ने एक रमणीय स्थान हो यो सतखलुवा ताल। पर्यटकीय दृष्टिकोणले निकै संभावना बोकेको छ यसले ।

ओरिपरी सामुदायिक बन बिचमा ताल यहाँ विभिन्न प्रजातिका चरा अनि विभिन्न जातिका जनावर हरु पनि देख्न सकिन्छ अझ रमाईलो त डुङ्गा सयरको व्यवस्था नि रहेछ ओरिपरिको मनोरम प्राकृतिक हरियाली दृश्य हेर्दा स्वर्गीय आनन्द आउछ । सतखलुवा ताल सिमसार क्षेत्रमा पर्ने भएकाले यहाँ विभिन्न प्रजातिका जलचर चराहरू देख्न सकिन्छ सिमसार सम्बन्धि अध्यन गर्ने हरुकालागी यो निकै उपयुक्त ठाउँ बन्न सक्छ । उक्त तालमा साइबेरियन चराहरू पनि आउने गरेका रहेछन् ।

पानी हास अनि अग्ला सारस चराले मानिसलाई अजिबको आनन्द दिदा रहेछ्न। चराका निकै मस्त चिरबिर आवाजले घुम्न आउनेलाई स्वागत गरेको भान हुदो रहेछ। बनभोजका लागि पनि निकै उपयुुक्त ठाउँ रहेछ दैनिक दुई चार टोलि आई रहने र छुट्टिको दिनमा निकै भिड लाग्ने स्थानीय बताउछ्न। बर्दिया राष्ट्रिय निकुञ्जसँगै सटेको उक्त तालमा आहारा तथा पानीका लागि पाटेबाघ, चित्तल, बँदेल, दुम्सी, निल गाई, हात्ती लगाएत थुप्रै जनावर आउने गरेका देखेका स्थानीयले बताउछन् ।

सतखलुवाले प्रशस्त पर्यटकीय सम्भावना वोकेको छ । यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न सकिए यहाँ पर्यटकहरूको आगमन हुने संभावना देखिन्छ पर्यटकीय सम्भावना बोकेको भए पनि अहिलेसम्म प्रचारप्रसार र पर्यटन पूर्वाधारको अभावमाले होला यो ताल ओझेलमै रहेको पाईयो । बारबर्दिया नगरपालिका र महेन्द्र राजमार्गदेखि साढे तीन किलोमिटरको दुरि भनेको खासै टाढात होईन तर पनि यो तालको ब्यबस्थापनका लागि खासै चिन्ता स्थानीय बाहेक अरुले गरेको देखिएन यो त रास्ट्रकै गौरब हो यसको गुरु योजना बनाएर संरक्षण लाग्नु पर्ने स्थानीय सरकारको देक्गिन्छ तर उदासीन छ्न सबै।


सतखलुवा ताल र सिमसार क्षेत्रको महत्व तथा यो ठाउँको प्रचार प्रसार तथा ब्यबस्थापन अलि राम्रो गर्न सके आर्थिक आए आर्जनको लागि टेवा पुग्न सक्छ। कोसिस त गरेकै पाईयो पिकनिक स्पोट, भिउ टावर, डुङ्गा सफारी , जङ्गल सफारीहरु त रहेछ्न अझ यसको गुरु योजना बनाउन जरुरी छ यो ताल अन्य तालहरु भन्दा फरक र निकै रमणीय छ यस्ले धेरैको मन जित्न सक्ने संभावना बोकेको छ।

पर्यटक भित्र्याउन प्राकृतिक रूपमा कुनै अभाव देखिदैन किनकी आफैमा सिमसार हो यो सिमसारको महत्त्व निकै फरक हुन्छ। हुनत ब्यबस्थापनलाई सबल बनाउने कोसिस गरेर होमस्टेहरु स्थानीयले खोलेको पाहियो स्थानिय परिकार , माछा , घोगी , गगटो , लोकल कुखुरा, अर्गानिक तरकारी , ढिडो तथा बिबिध थारु परिकार पाईदो रहेछ । राति बस्नेहरुलाई पनि बाँस बस्ने ब्यब्स्थापन गरेका रहेछ्न एक रातको ५०० रुपिया लिदा रहेछ्न ।सस्तो र बस्न सजिलो बनाईएको रहेछ ।

टिपिकल लोकल खानाले बजारिया खाना भन्दा फरक स्वाद भएको पाईयो। यो ताल निकै महत्त्व बोकेको ताल देखिएको छ स्थानीयले धार्मिक महत्त्व नि भएको बताए यहाँ नाग देखिने गरेकोले नाग पन्चमीमा ठूलो भिड हुने बताए माघी निहाउन मानिसहरु पनि आउने गरेको र सात वटा मुल भैइ पानी जम्मा हुने भएकाले यो तलाउको पानीको धार्मिक महत्त्व नि रहेको देखियो।

वरीपरी ठुला ठुला साल , साझ, सिमल, खैर , सिसौका हरिया रुखहरुले चन्चल मन पनि थिर बनाउछ यो ठाउँ तपो भुमी जस्तो पनि देखिन्छ यसको गहन अध्यन गरेमा कुनै युगमा ऋषिको तपस्या गर्ने स्थल पनि हुने सक्ने अनुमान गर्न सकिन्छ स्थानीयले बताए धेरै कुराहरु यो तालको गर्भमै भएकाले अध्यन गर्न जरुरी छ।

निकै मनमोहक सान्त ठाउँ ध्यानी ज्ञानिहरु आई दिनभरी ध्यान गर्ने जस्तो ठाउँ छ यो। विद्यार्थीहरुका लागि अध्यन गर्न तथा रमाउन सजिलो ठाउँ हो यो । लगभग ६० विघा क्षेत्रफलमा फैलिएको उक्त ताल २० फिट गहिरो रहेक स्थानीय बताउछन् । ताललाई ब्यबस्थापन गर्ने सके आन्तरिक तथा बाह्य पर्यटकका लागि यो थप आकर्षणको स्थल हुन सक्छ र यो एक निकै आकर्षक स्थलको रुपमा चिनिन सक्छ ।

प्रकाशित मितिः     8:30:06 AM  |