बर्दिया बन्दै छ साढे ६ करोड लागतमा प्याजको शित भण्डार


नेपालगन्ज ४ माघ :  बर्दियाको बाँसगढी वडा नं. ७ मा देशकै पहिलो प्याज शित भण्डार निर्माणको काम शुरु भएको छ ।

लुम्विनी प्रदेश सरकारको रु २ करोड अनुदान सहित जम्मा रु ६ करोड ५० लगानीमा उक्त शित भण्डार निर्माणको काम शुरु भएको हो ।


भट्टराई दूध उद्योग प्रालि मार्फत सन्चालन हुन लागेको उक्त शित भण्डारको निर्माण कार्य चैतमा सक्ने र बैशाखबाट भण्डारी शुरु गर्ने योजना रहेको सन्चालक प्रमोद भट्टराईले जानकारी दिएका छन् ।

कृषकले प्याज भण्डारण पनि गर्न सक्ने र विक्री पनि गर्न सक्ने उनको भनाई छ । शित भण्डार स्थापना पछि यस क्षेत्रमा प्यानको उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः     ५ फाल्गुन २०७७, बुधबार ०६:३६  |
error: Content is protected !!