आज नेपालगन्ज -पोखरा चार्टर उडान, नियमित उडानलाई दवाव


नेपालगन्ज ७ फागुन :  निजीक्षेत्रको पहलमा शुक्रवार नेपालगन्जदेखि पोखरा चार्टर उडान हुने भएको छ । नाट्टा बाँके च्याप्टर र गण्डकी प्रदेश नाट्टाको पहलमा नेपालगन्ज–पोखरा र पोखरा–नेपालगन्ज उडान गर्न लागिएको हो ।

नेपालगन्ज–पोखरा नियमित उडान गर्नुपर्ने आवाज उड्दै गएपनि सुनुवाई नभएपछि निजीक्षेत्रले पहल गरेको हो । सोही पहल अन्र्तगत शुक्रवार चार्टर विमान नेपालगन्जबाट पोखरा जाँदैछ । नेपालगन्जका नगर प्रमुख धवल शम्शेर राणाको नेतृत्वमा एउटा टोली पोखरा जाँन लागेका हुन ।


नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले परीक्षणका लागि पहिलो महिना हप्ता दुई वटा गरी ८ उडान नेपालगन्जबाट पोखरा जाने र ८ उडान उता (पोखरा) बाट आउने व्यवस्था गरिएको बताए ।

शुक्रवार हुने उडानमा बाँके, बर्दियाका पर्यटन व्यवसायी पोखरा जाँदैछन् । त्यहाँबाट पनि पर्यटन व्यवसायी नै बाँके, बर्दिया घुम्नका लागि आउनेछन् ।

प्रकाशित मितिः     ७ फाल्गुन २०७७, शुक्रबार ०८:०४  |
error: Content is protected !!