नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्व बहन गर्दै आएको छ ।
हरप्रकारको विपद्मा समस्या समाधान गर्न सरकारसंग हातेमालो गर्दै अघि बढ्ने संघको परम्परा रहेको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । सोही क्रममा कोभिड नियन्त्रण अभियानमा संघले प्रभावकारी भूमिका खेलेको थियो ।

शुक्रबारका संघले प्रजातन्त्र दिवश समेत मनाएको छ । संघका अध्यक्ष मन्सुरीको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङको प्रमुख आतिथ्यता, भेरी अस्पतालका मेसू डा प्रकाश बहादुर थापा लगायतको उपस्थितिमा प्रजातन्त्र दिवसको शुभ अवसरमा भेरी अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गर्ने कार्यक्रम गरियो ।
केही दिन अघि मात्र संघले राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष कुश कुमार जोशीको प्रमुख आतिथ्यतामा मानव बेचविखन विरुद्ध नेपाली निजी क्षेत्र विषयमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।